Sagun Khabar
बैतडीमा सुनौलो परिवार नेपालले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने 

बैतडी –बैतडीमा सुनौलो परिवार नेपालले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन हुने सुनौलो परिवार नेपालले जनाएको छ ।

मेरीस्टोप इन्टरनेश्नलको सहयोगमा बैतडीमा कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिइएको हो । मंगलबार बैतडी सदरमुकाममा सुनौलो परिवार नेपालले एक कार्यक्रमको आयोजना गर्दै ग्रामीण क्षेत्रका नागरिकको यौन तथा प्रजनन स्वास्थ्यमा पहुँच पुर्याउन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । 

Atrya hospital

अहिले एक बर्षका लागि कार्यक्रमको सम्झौता भएको र तीन बर्षसम्म कार्यक्रम लम्बिने सुनौलो परिवार नेपालले जनाएको छ । 

विगत ३० बर्षदेखि यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सुनौलो परिवार नेपालले स्थानीय नागरिकको आवश्यकता अनुसार स्थानीय तहहरुसंग मिलेर काम गर्नेछ । 

कार्यक्रम अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी, परिवार योजनाको साधनमा पहुँच अभिवृद्धि र परिवार योजनाका सेवाहरु सञ्चालन हुने बताइएको छ । 

सुनौलो परिवार नेपालले सञ्चालन गर्न लागेको कार्यक्रमले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update