Sagun Khabar
बालक मृत फेला

एक बालक मृत भेटिएका छन्।कैलली   जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्।

आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update