Sagun Khabar
बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित  एक जना पक्राउ 
Atrya hospital

बैतडी- बैतडीमा  अवैध काठको गोलिया र ट्रकसहित  एकजना पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका २ घर भएका लक्ष्मण चन्द अवैध काठको गोलिया र ट्रकसहित प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी  प्रवक्ता  नन्दराज जोशीले  जानकारी दिए ।

सु प प्र- ०२ ००१ ख १२१८ नम्बर ट्रकका चालक समेत रहेका ४० वर्षिय  चन्दलाई  अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा  मेलौली नगरपालिका ७ हरिपुर बजारबाट   बुधवार  नियन्त्रणमा लिइएको उनले बताए । ट्रक र ५ थान सल्लाको गोलियासहित प्रकाउ परेका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय कुलाउमा बुझाइएको बैतडीका प्रहरी प्रवक्ता  जोशीले बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update