Sagun Khabar
नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ,सुदूरपश्चिमको प्रमुखमा नजिर मियाँ

धनगढी- नवनियुक्त तीन प्रदेशका प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । उनीहरूले आज बुधवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सुदूरपश्चिम  प्रदेशको प्रमुखमा नजिर मियाँ, मधेशको प्रदेश प्रमुखमा सुमित्रा भण्डारी र गण्डकीका लागि डिल्लीराज भट्टले शपथ लिएका हुन् । यसअघि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष यी तीन जनाको नाम सिफारिस गरेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरूलाई शपथअघि बुधवार मात्रै राष्ट्रपति पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।मियाँ अर्घाखाँचीका एमाले नेता हुन् । गठबन्धन परिवर्तन भएपनि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत् राखिएको छ ।

यसअघि गत सोमवार मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम राष्ट्रपति पौडेलले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update