Sagun Khabar
बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ
Atrya hospital

बैतडी- बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रवक्ता नन्द राज जोशीले  जानकारी दिए ।  

उनका अनुसार   धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ गाजँरी बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादी इलाका  प्रहरी कार्यालय  पाटनको  हिरासतमा रहेका र उनलार्ई  सजाय भुक्तानका लागि  जिल्ला अदालत बैतडीमा  बुझाउने  तयारी  भैरहेको  प्रहरी प्रवक्ता जोशीले बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update