Sagun Khabar
एमाले बैतडीको नवनिर्वाचित जिल्ला कमिटिले लियो शपथ 

बैतडी–नेकपा एमाले बैतडीको नवौं अधिवेशनबाट निर्वाचित कमिटिका पदाधिकारीसहित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । मंगलबार बैतडीको पाटनमा सम्पन्न अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटि घोषणा गरेपछि नवनिर्वाचित कमिटिले शपथ ग्रहण गरेको हो । 

अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका एमाले बैतडीले जनाएको छ । एमाले बैतडीको नवौं अधिवेशनबाट नरेशकुमार विकको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटि चयन भएको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

Atrya hospital

कमिटिको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउँद, उपसचिवमा हर्क धानुक र पार्वती भट्ट चयन भएका छन् । यस्तै सबै कलस्टर गरेर अन्य सदस्यहरु सर्वसम्मत चयन भएका उपाध्यक्ष भण्डारीले बताए । नवनिर्वाचित कमिटिलाई एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ ग्रहण गराएका थिए । 

यस्तै अधिवेशनले सात सदस्यीय लेखा कमिटि पनि चयन गरेको छ । ललितसिंह ठगुन्नाको अध्यक्षतामा गठन भएको कमिटिको उपाध्यक्षमा दानसिंह कार्की, सचिवमा पदमराज अवस्थी लगायत अन्य सदस्यहरु रहेका छन् । 

शपथ ग्रहणपछि एमाले जिल्ला कमिटिको पहिलो बैठक समेत सम्पन्न भएको उपाध्यक्ष भण्डारीले बताए । आगामी चैतमा पालिका अधिवेशन सक्ने निर्णयका साथै अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको उनले बताए ।

Uml-2-1710246703.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update