Sagun Khabar
श्रीमतीलाई छलेर सुदूरपश्चिमका १३ जनाले  गरे  सुटुक्क दोस्रो विवाह

 धनगढी-सुदूरपश्चिममा  १३ जनाले सुटुक्क दोस्रो विवाह गरेका छन्। घरकी श्रीमतीलाई छलेर सुटुक्क दोस्रो विवाह गरेपछि श्रीमान विरुद्ध प्रहरीमा निवेदन परेको छ। घरकी श्रीमतीलाई परित्याग गरेर अर्को विवाह गरेको भन्दै कारबाहीका लागि १३ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्।

साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ। जिल्ला अदालत कैलालीमा मात्र आर्थिक वर्ष २०७४/७५ मा १३, आर्थिक वर्ष २०७५/७६ मा २१ र आर्थिक वर्ष २०७६/७७ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए।

बहुविवाहका आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। जिल्लामा चालु आर्थिक वर्ष सुरु भएयता पनि वहुविवाह गर्नेको संख्या यसैगरी बढ्दै गएको छ। पीडितले जिल्ला प्रहरी हुँदै जिल्ला अदालतसम्म वहुविवाहको समस्यालाई लिएर उजुरी दर्ता गराउन थालेका छन्।दिनेशखबरबाट

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update