Sagun Khabar
दुदिलाखान –गाँजरी सडक खुल्यो, गर्जे जोड्ने सडक निर्माण गर्ने सहमति 

बैतडी –बैतडीको दुदिलाखान–गाँजरी सडक २० दिनपछि खुलेको छ । सिगास गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माणको माग राख्दै संघर्ष समितिले सडक अवरुद्ध गरेको थियो । 

सोमबार जिल्लाको पाटनमा भएको सर्वपक्षीय छलफलले गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माणको काम अघि बढाउने सहमति गरेपछि अवरुद्ध सडक खोलेको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । 
गाँजरी कुर्चेनेटा हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडक यथाशीघ्र निर्माणको माग राख्दै संघर्ष समितिले फागुन ८ देखि सडक अवरुद्ध गरेको थियो । 

Atrya hospital

पाटनमा बसेको सर्वपक्षीय बैठकमा सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडकका लागि कुर्चेनेटा हुँदै गर्जे र गाँजरी–धौलाडी हुँदै गर्जे सडकको प्राविधिक टीमले स्थलगत अध्ययन गर्ने सहमति भएको छ । एक महिनाभित्र प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने र त्यसपछि सडक निर्माणको काम अघि बढाउने सहमति भएको संयोजक चन्दले बताए । 

दुवै सडकको सम्भाव्यता अध्ययनपछि सडक निर्माणको काम अघि बढाउने सहमति भएको संयोजक चन्दले बताए ।  

त्यसअघि पुष२० गते भएको सहमति कार्यान्वयन नगरेको भन्दै फागुन ८ गतेदेखि सडक बन्द गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update