Sagun Khabar
नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर मन्त्रीमा नियुक्त

कैलाली –सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरिएको हो । उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रदेश प्रमुख देबराज जोशीले आज अपरान्ह लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए । यो सँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री भएका छन । ७ प्रदेश सभा सदस्य मध्ये ५ जना मन्त्री भएका हुन ।

माओवादी र एकीकृत समाजवादीले शाहलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी आफु नेतृत्वको सरकार जोगाउन लागि परेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update