Sagun Khabar
एमाले बैतडीको अधिवेशन पाटनमा शुरु 

बैतडी –नेकपा(एमाले) बैतडीको नवौं जिल्ला अधिवेशन आजदेखि पाटनमा शुरु भएको छ । अधिवेशनको पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्दघाटन गरेका छन् ।  

अधिवेशनको उद्दघाटन गर्दै उनले एमालेलाई समाप्त पार्न बनेको गठबन्धन भत्एिको बताएका छन् । नयाँ गठबन्धन बनेसंगै मिसन ८४ को प्रारम्भिक बिन्दु शुरु भएको उनले बताए । 

Atrya hospital

अधिवेशनमा जिल्लाभरीका ६ सय ३१ प्रतिनिधि सहभागी रहेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । उद्दघाटन सत्र सकिएको र राति ८ बजेपछि बन्द सत्र शुरु हुने एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 

बन्दसत्रमा पार्टीको सांगठनिक अन्य प्रतिवेदनहरु पेश हुने उनले बताए । 

अधिवेशनका लागि पार्टीका केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी लगायतका नेताहरु बैतडीमै रहेका छन् । 

एमालेको नयाँ नेतृत्वका लागि धेरै आकांक्षीहरु रहेका भएपनि सहमतिमै नेतृत्व चयन हुने एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताए । 

अध्यक्ष पदका लागि नरेश विक, नरेन्द्र बिष्ट, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, हर्क धानुक र हजारी साउँद आकांक्षी रहेका छन् । 

नरेश विक र नरेन्द्र बिष्टको नाममा सहमति खोज्ने प्रयासमा नेताहरु रहेका छन् । यी दुई मध्ये एकजनालाई अध्यक्ष बनाउने गरी सहमति हुने एमाले श्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update