Sagun Khabar
ट्रकमा लागेको आगो कर्णाली पुलमा पनि सल्क्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –ट्रकमा लागेको आगो कर्णाली पुलमा सल्केको छ । चलीरहेको ग्यास बोकेको ट्रकमा एक्कासी आगो लागेको हो । उक्त आगो पुलमा सल्केको बताइएको छ । आज (सोमबार) दिउँसो कैलाली र बर्दिया जोड्ने कर्णाली पुलमा आगलागी भएको हो । एक्कासी ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ । ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ ।

आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल चिसापानी पुगेको छ । 

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update