Sagun Khabar
छिमेकीको कुटपिटबाट धनगढीमा युवकको मृत्यु, ५ जना पक्राउ

कैलाली –धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

रानाले रातिको समयमा स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका प्रहरी निरीक्षक बमले बताए । 

पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update