Sagun Khabar
कार्यालय प्रमुखहरुलाई मन्त्री भण्डारीको निर्देशन –‘विकास निर्माणका काम समयमै सकौं’

बैतडी–उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृह जिल्ला बैतडीमा सोमबार बिहान कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले विभिन्न बिषयगत कार्यालयहरुमार्फत सञ्चालनमा रहेका योजनाहरु समयमै सक्न निर्देशन दिएका हुन् । 

अन्तरक्रिया कार्यक्रम मन्त्री भण्डारीले कार्यालय प्रमुखहरुसंग चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका योजनाहरुको प्रगतिका बिषयमा जानकारी लिएका छन् । यस्तै ठेक्का प्रक्रियामार्फत सञ्चालनमा रहेका योजनाहरुको कार्यान्वयनको अवस्थाका बिषयमा जानकारी लिँदै मन्त्री भण्डारीले समयमै काम सक्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । 

Atrya hospital

नागरिकलाई केन्द्रमा राखेर हरेक कार्यालयबाट सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री भण्डारीले सुशासनका बिषयमा जोड दिएका छन् । यस्तै आगामी आर्थिक बर्षमा जिल्लाका कार्यक्रमहरु पेश गर्न समेत आग्रह गरेका छन् । 

बैतडीको पाटनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update