Sagun Khabar
एमाले बैतडीको अधिवेशन आज : सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा नेताहरु 

बैतडी –नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेनश आजदेखि पाटनमा शुरु हुँदैछ । अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ । 

अधिवेशनका लागि प्रतिनिधिहरु पाटन पुगिसकेका छन् । दिउँसो १२ बजे अधिवेशन उद्दघाटन कार्यक्रम रहेको एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताए । अधिवेशनका लागि ६ सय ३१ जना प्रतिनिधि यसअघि नै छनौछ भइसकेका छन् । 

Atrya hospital

१ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ ।

अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आइतबार नै बैतडी पुगिसका छन् ।

यस्तै राजेन्द्रसिंह रावल, कर्णसिंह थापासहितका नेताहरु पनि अधिवेशनकै लागि बैतडी पुगेका छन् । 

आगामी नेतृत्वका लागि अध्यक्षमा ६ जनाले आकांक्षा देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी, हजारी साउँद र हर्क धानुकले आकांक्षा देखाएका श्रोतले जनाएको छ । 

अध्यक्षका आकांक्षी धेरै भएपनि सहमतिमै नेतृत्व चयन गर्ने एमाले बैतडीका अध्यक्ष पालले बताए । अध्यक्ष पदका आकांक्षीहरुसंग छलफल भइरहेको उनले बताए । आइतबारदेखि नै आकांक्षीहरुसंग नेताहरुले छलफल चलाएका छन् । 

आकांक्षीसंग एक÷एक गरेर छलफल भइरहेको श्रोतले जनाएको छ । जिल्लाको नेतृत्व एकैजनाले गर्नुपर्ने भएकाले सहमतिमै नेतृत्व चयन हुने पालले दाबी गरे । उनले भने ‘नेतृत्वमा दाबी गर्नु स्वभाविक कुरा हो । तर हामी सहमतिमै नेतृत्व चयन गर्छौं । सबैका भावना समेटेर नेतृत्व चयन हुन्छ ।’
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update