Sagun Khabar
‘देखिने गरेर काम गर्छु’: उद्योग मन्त्री भण्डारी 

बैतडी –उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले देखिने गरेर काम गर्ने बताएका छन् । मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला बैतडी पुगेका मन्त्री भण्डारीले प्रेस चौतारीले पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फरक खालको अनुभूती हुने किसिमले काम गर्ने बताए । 

बैतडीमा विभिन्न सम्भावना रहेको बताउँदै मन्त्री भण्डारीले फस्फोराइड खानी लगायतका खानीका कामहरु अघि बढाउने दाबी गरे । उनले भने ‘वर्तमान सरकार स्थानीय सम्भावनाहरुको खोजी गर्छ । जिल्लामा सम्भावित खानीहरुको काम अघि बढाउन मैले पहल गर्छु ।’

Atrya hospital

बैतडी विमानस्थल पाटन सञ्चालनका बिषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले सुदूरपश्चिमका बन्द अवस्थामा रहेका विमानस्थलहरु सुचारु गर्नका लागि पहल गर्ने दाबी गरे । 

एमाले बैतडीको अधिवेशनका सन्दर्भमा बोल्दै भण्डारीले सर्वसम्मत नेतृत्व चयन हुने बताए । उनले भने ‘सबै साथीहरुको भावना अनुसार सबैलाई समेटेर एमाले बैतडीको नयाँ नेतृत्व चयन हुन्छ । यसमा सबै साथीहरुलाई समेटिनेछ ।’
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update