Sagun Khabar
एमाले विरुद्ध बनेको गठबन्धन भत्क्यो : एमाले उपाध्यक्ष पोखरेल 

बैतडी –नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विरुद्ध बनेको गठबन्धन भत्केको बताएका छन् । एमाले बैतडीको नवौं अधिवेशन उद्दघाटनका लागि आइतबार साँझ बैतडीको पाटन पुगेका बरिष्ठ उपाध्यक्ष पोखरेलले यो भन्दा पहिलाको गठबन्धन अप्राकृतिक रहेको दाबी गरे । 

प्रेस चौतारी नेपालले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले विरुद्ध बनेका गठबन्धन भत्काउन आफूहरु सफल भएको दाबी गरे । उनले भने ‘हामीले एमाले विरुद्ध बनेको गठबन्धन भत्काएका छौं । अहिलेका गठबन्धनले मुलुकलाई निकास दिन्छ ।’

Atrya hospital

एमाले सत्तागठबन्धन दलहरुबीच भएको आठ बुँदे सहमतिका आधारमा सरकारमा सहभागी भएको भन्दै उपाध्यक्ष पोखरेलले न्यूनत साझा कार्यक्रम अनुसार सरकार अघि बढ्ने बताए । 

वर्तमान निर्वाचन प्रणाली अन्तर्गत एमालेमात्रै बहुमत प्राप्त गर्ने शक्ति रहेको दाबी गर्दै पोखरेलले आफूहरु मिसन ८४ मा रहेको बताए । उनले भने ‘लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण हुन्छ । त्यो निर्वाचन २०८४ हुन्छ । त्यसैले हामीले मिसन ८४ भनेका छौं ।अहिले बनेको गठबन्धन मिसन ८४ को प्रारम्भिक बिन्दु हो ।’
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update