Sagun Khabar
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल बैतडीमा 

बैतडी - नेकपा  एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी आउनु भएको  छ । एमाले  बैतडीको नवौ जिल्ला अधिवेशनका लागि उनी बैतडी आएका हुन् ।

अधिवेशन उद्दघाटनका लागि बरिष्ठ उपाध्यक्ष पोखरेल बैतडी आइपुगेका एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए । अधिवेशनका लागि बैतडी पुगेका पार्टी उपाध्यक्ष पोखरेललाई  पाटनमा स्वागत गरिएको  छ ।यस्तै   बैतडीबाट निर्वाचित प्रतिनिधि सभासदस्य समेत रहेका उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी पुगेका छन् ।

उनी पनि अधिवेनशनका लागि आजै  जिल्लामा पुगेका हुन् ।  एमालेको नवौं जिल्ला अधिवेशनका लागि बरिष्ठ उपाध्यक्ष पोखरेल संगै एमाले नेता एवं  सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र  सिंह रावल, एमाले  नेतृ एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य  जानकी ऐर बम, पूर्व प्रदेश पार्टी  अध्यक्ष कर्ण थापा, बैतडी जिल्ला इन्चार्ज निरु देवि पाल समेत पाटन आइ पुगेका बताइएको छ । भोलिदेखि पाटनमा शुरु हुने एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको बताइएको  छ ।

 एमाले  बैतडीको नयाँ नेतृत्वका लागि नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका छन् । आकांक्षी देखिएपनि  सहमतीबाट नेतृत्व चयन गरिने एमाले  बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update