Sagun Khabar
बैतडीका समाजसेवी रमेशको आर्थिक सहयोगमा मन्दिरहरुमा सौर्यबत्ती 

बैतडी- बैतडीको मेलौलीमा एक जनाले व्यक्तिगत लगानीमा मन्दिरहरुमा सौर्य बत्ती जडान गरेका छन्।  मेलौली नगरपालिका–८ कोटिगाँउका तिन मन्दिरमा  कोटिगाँउ घर भई हाल बेङ्लोर बस्दै आएका समाजसेवी रमेश सिह ठगुन्नाले सौर्यबत्ती जडान गरेका हुन।

निलपाल मन्दिर, बेताल मन्दिर र कटुला भण्डारमा सौर्यबत्ती जडान गरिएको स्थानीय लक्ष्मण राम लुहारले बताए । ठगुन्नाको ८० हजार  आर्थिक सहयोगमा  मन्दिरहरुमा सौर्य बत्तीहरु जडान गरिएका उनले बताए । मन्दिरहरुमा पुजापाठको समयमा सहजहोस भनेर आफुले सौर्यबत्ती जडान गरेको ठगुन्नाले बताए।

ठगुन्नाले केहि महिना अगाडी सोहि ठाउँमा रहेको गंगेश्वर देबताको मन्दिरमा पनि सौर्यबत्ती र एक थान सानो सोलार जडान गरेका थिए । विद्युत बिस्तार नभएको ठाउँका मन्दिरहरुमा सौर्यबत्ती जडान हुँदा पुजापाठको समयमा सहज हुने अपेक्षा गरिएको  छ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update