Sagun Khabar
उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री भण्डारी गृह जिल्ला बैतडीमा
Atrya hospital

बैतडी -उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी  गृह जिल्ला बैतडी पुगेका छन् ।  एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका  हुन् । मन्त्री भण्डारी  आइतबार दिउँसो गृह जिल्ला बैतडी आइपुगेका  एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

 मन्त्रीमा नियुक्त पछि पहिलो पटक गृह नगर पाटन पुगेका भण्डारीलाई  पाटनमा स्वागत गरिएको  छ । पाटनमा मन्त्री भण्डारीलाई नगरपालिकाका जनप्रतिनिधि कर्मचारी लगायतका नेता कार्यकर्ताहरुले  स्वागत गरेका हुन् । भोलिदेखि शुरु हुने एमाले बैतडीको नवौं जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी गृह जिल्ला आएका हुन् ।

उनले गृह जिल्लामा सहमतिमै पार्टीको नेतृत्व चयनका लागि पहल गर्नेछन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आजै पार्टीका नेताहरुसंग अधिवेशनका बिषयमा छलफल गर्ने तयारी छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update