Sagun Khabar
डेढ वर्ष पछि खुल्यो विद्यालयको ताला 
Atrya hospital

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा रहेको गडदेव आधारभूत विद्यालयको ताला खुलेको छ । नवनिर्मित भवनमा लगाइएको ताला डेढ वर्ष पछि खुलेको हो । गाउँपालिका जनप्रतिनिधि,प्रशासन र अभिभावकले शनिबार विद्यालयमा लागेको  ताला   खोलेका हुन् ।

गाउँपालिकाले २०७८÷०७९ मा विद्यालय व्यवस्थापन संग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो । उक्त भवन निर्माणको जिम्मा पाएका  केशव सिंह घटालले ६७ लाख लागत लागेको भवनको भुक्तानी नपाएको  भन्दै  ताला लगाएका थिए । गाउँपालिकाले  प्राविधिक मुल्यांकन अनुसारको रकम भुक्तानी दिने भनेपछि   ताला खोलिएको  बताइएको छ । गाउँपालिकाले ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको विल उठाएको छ ।

तर भुक्तानी भने ३६ लाख मात्रै भएको छ ।  गडदेव आधारभूत विद्यालयको नयाँ भवनमा ताला लागेकाले बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका थिए । ताला खुलेपछि अब सहज भएको विद्यालयका प्रधानाध्यापक निरज जोशीले बताए । कक्षा ५ सम्मको पढाई हुने सो विद्यालयमा अहिले एक सय जना जति विद्यार्थीहरु अध्ययनरत रहेका बताइएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update