Sagun Khabar
एमाले बैतडीको अधिवेशन : तयारी पूरा, अध्यक्षमा को–को छन् आकांक्षी ?

बैतडी–एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ । भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए । 

अधिवेशनको एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशन उद्दघाटनका लागि बरिष्ठ उपाध्यक्ष पोखरेल आज साँझ बैतडी आइपुग्ने कार्यक्रम रहेको भण्डारीले बताए । 

Atrya hospital

एमालेको नवौं जिल्ला अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् । १सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका भण्डारीले बताए । 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री तथा एमालेका केन्द्रीय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा एमालेको अधिवेशनलाई चासोपूर्ण रुपमा हेरिएको छ । नेतृत्व चयनमा भण्डारीको प्रभाव रहने आँकलन गरिएपनि उनका निकटस्थहरुले त्यस्तो नहुने बताएका छन् । आम नेता र कार्यकताको चाहना अनुसार नयाँ नेतृत्व चयन हुने एमाले बैतडीका प्रचार विभाग प्रमुख भण्डारीले बताए । उनले भने ‘अहिले हाम्रो अधिवेशनका बिषयमा धेरै कुरा आइरहेका छन् । दामोदर भण्डारीको निर्देशनमा नेतृत्व चयनको कुरा पनि आइरहेका छन् । यस्ता कुराहरु झुटा हुन् । मन्त्रीज्यूले पार्टीका नेता र कार्यकर्ताहरुको छलफलबाटै सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउनुहुन्छ ।’

एमाले अधिवेशनको सरगर्मी बढेका बेला नेतृत्वका आकांक्षीहरुले छलफललाई तीव्रता बनाएका छन् । पार्टी नेतृत्वले सहमतिमै नयाँ नेतृत्व चयनका लागि प्रयास गरिरहेको प्रचार विभाग प्रमुख भण्डारीले बताए । 

एमाले बैतडीको नयाँ नेतृत्वका लागि नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update