Sagun Khabar
उद्योग मन्त्री भण्डारी गृह जिल्ला आउँदै 
फाइल फोटो
Atrya hospital

बैतडी –उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउँदैछन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् । 
मन्त्री भण्डारी आज दिउँसो गृह जिल्ला बैतडी आइपुग्ने कार्यक्रम रहेको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 

भोलिदेखि शुरु हुने एमाले बैतडीको नवौं जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी गृह जिल्ला आउन लागेका हुन् । उनले गृह जिल्लामा सहमतिमै पार्टीको नेतृत्व चयनका लागि पहल गर्नेछन् । 

एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आजै पार्टीका नेताहरुसंग अधिवेशनका बिषयमा छलफल गर्ने तयारी भएको प्रचार विभाग प्रमुख भण्डारीले बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update