Sagun Khabar
नाम फेरिएका टोलमा बोर्ड लगाउँदै पाटन नगरपालिका 

बैतडी–बैतडीको पाटन नगरपालिकाले नाम फेरेका टोलमा बोर्ड लगाउने तयारी गरेको छ । नगरपालिकाले गत बर्ष टोलका अपहेलित नाम परिवर्तन गरेको थियो । 

विभिन्न जातजाती र समुदायलाई अवहेलना हुने खालका नाम भएका टोलहरुको नाम परिवर्तन गर्दै नयाँ नाम राखिएको हो । नगरपालिकाभरीका २२ ओटा अपहेलित नाम टोलहरुको नाम परिवर्तन गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 

Atrya hospital

नाम परिवर्तन गरिएका सबै टोलहरुमा नगरपालिकाकातर्फबाट बोर्ड लगाउने उनले बताए । सरकारी कामकाजमा समेत नयाँ नाम प्रयोग गर्नका लागि नगरपालिकाले निर्णय गरिसकेको छ । सोही निर्णय अनुसार सरकारी कामकाजहरुमा नयाँ नाम समावेश गरिने उपप्रमुख बोहराले जानकारी दिए । 

समाजमा विभिन्न कारणले विभेद हुने गरेकाले टोलका अपेहिलत नाम परिवर्तन गरिएका उपप्रमुख बोहराले बताए । उनले भने ‘स–सानो कुराबाट पनि समाज परिवर्तन हुन्छ । विभिन्न समुदाय र जातजातीलाई अवहेलना हुने किसिमका नाम हामीले परिवर्तन गरेर नयाँ नाम राखेका छौं । यसले समुदायमा हुने भेदभाव कम हुने हाम्रो विश्वास छ ।’
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update