Sagun Khabar
बैतडीमा पनि मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस 

बैतडी–बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । जिल्लाका १० ओटै स्थानीय तहहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । 
‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’भन्ने नारासहित महिला दिवस मनाइएको हो । 

जिल्लाको दशरथचन्द नगरपालिकाले गएको तीनदेखि दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको नगर उपप्रमुख कौशिला चन्दले जानकारी दिइन् । सचेतनामूलक देउडा कार्यक्रमका साथै आज प्रभातफेरीको आयोजना गरिएको उनले बताए । 

Atrya hospital

महिलामाथि विभिन्न कारणले हिंसा भइरहेकाले त्यस्ता हिंसा न्यूनीकरणका लागि नगरपालिकाले कार्यक्रम केन्द्रित गरेको उनले बताइन् । महिला हरेक क्षेत्रमा सक्षम भएमा महिलामाथि हुने हिंसा न्यूनीकरण हुने भन्दै उपप्रमु चन्दले महिलाहरुको क्षमता अभिवृद्धिका कामहरु सञ्चालनमा गर्नुपर्नेमा जोड दिइन् । 

यस्तै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाटन नगरपालिकाले खोड्पेमा विभिन्न सचेतनामूलक कार्यक्रम गरेको छ । देउडाका साथै सचेतनामूलक नाटक समेत प्रदर्शन गरिएको नगरपालिकाले जनाएको छ । 

यस्तै पञ्चेश्वरको कुलाउमा दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताइन् । 

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको पालिकाहरुले जनाएका छन् ।  

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ स्थित सिगास मावि मुसेमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको अवसरमा सचेतनामूलक देउडा लगायतका कार्यक्रमहरु सम्पन्न गरिएका सुर्नया गाउँपालिकाका शिक्षा शाखा सहायक गणेश कुँवरले बताए । वडा कार्यालय र साडा नेपालको समन्वयमा कार्यक्रम गरिएको हो । 

Patan-1709894085.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update