Sagun Khabar
मृत फेला परेको चितुवा गाडियो
Atrya hospital

बैतडी- बैतडीमा मृत फेला परेको चितुवा गाडिएको  छ। बिहीवार  जिल्लाको मेलौली नगरपालीका– ८ सुर्नाया नदि किनारमा मृत फेला परेको चितुवा शुक्रबार डिभिजिन वन कार्यालयको  परिसरमा गाडीएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।

स्थानीयले चितुवा मृत अवस्था भेटाएका थिए । स्थानीयहरुले खबर गरेपछि सव डिभिजन वन कार्यालय मेलौलीले पोष्टमार्टमका लागि भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनमा पुर्याएको थियो । पाटनमा पोष्टमार्टम पछि वन कार्यालयमा खाडल खनेर गाडीएको प्रमुख यादवले बताए । चितुवाहरु बिच भएको लडाँइले भिरबाट तल खसेर मृत्यु भएको  हुन सक्ने अनुमान गरिएको छ ।

करिब अढाइ वर्षको मृत पोथि चितुवाको  घाँटीमा पनि  घाउ रहेको थियो । पोष्टमार्टम गर्दा पनि मुटु फुटेको पाइएको  डिभिजिन वन कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update