Sagun Khabar
बैतडीको सिउडेमा भोलि भव्य मेला लाग्दै, मदिरा विक्री वितरण तथा सेवनमा रोक 

बैतडी- बैतडीमा रहेको प्रसिद्ध धार्मीक स्थल पाताल भुवनेश्वरमा भोलि भव्य मेला लाग्ने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका २ सिउडे स्थित प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वर धाममा भोलि शिवरात्रीका दिन भव्य मेला लाग्ने भएको हो ।

प्रत्येक वर्ष  शिवरात्री पर्वका दिन सिउडेमा भव्य  मेला लाग्ने  गरेको  स्थानीय  युवा  हरिश विष्टले  बताए।  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा प्रत्येक वर्ष महाशिवरात्रीको समयममा  भव्य मेला लाग्ने गर्दछ । चारैतिर वनजंगलले घेरेको पाताल भुवनेश्वर धामको बीचमा रहेको प्राकृतिक तालको जल शिरमा चढाएर भक्त जनहरुले गुफाको दर्शन गर्ने गर्दछन् ।

Atrya hospital

सडकबाट झण्डै आधा किलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वरधाममा शिवरात्रिको दिन  स्नान,शिवालयहरुमा धुपबत्ती र गुफाको दर्शन गर्ने हरुको भीड लाग्ने गर्दछ । शिवरात्रिका दिन सिउडे बजार देखि मन्दिर परिसर सम्म भोलि दर्शनार्थीहरुको भीड हुन्छ ।

यस्तै भोलि लाग्ने  मेलालाई  मध्यनजर  गरेर सुर्नया गाउँपालिका वडा नं २ ले मदिराको कारोबारमा रोक लगाएको छ ।  मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भन्दै  मेला स्थल आसपासका क्षेत्रलाई  मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष गणेश बहादुर  विष्टले बताए । वडाको  सिन्केलक, सतबाँझ  बजार देखि सिउडे र पत्ताल भुवनेश्वर धाम जाने गेट सम्मका साथै  वडाको  ग्रामीण क्षेत्रमा समेत मदिराको  कारोबार बन्द गरिएको  वडाले  जारी  गरेको  सूचनामा उल्लेख गएिको  छ ।   कसैले उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा  कानुनी कारवाही गरिने बताइएको  छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update