Sagun Khabar
बैतडीमा चितुवा मृत फेला 
फाइल फोटो
Atrya hospital

बैतडी- बैतडीमा चितुवा मृत फेलापरेको छ। जिल्लाको मेलौली नगरपालीका– ८ सुर्नाया किनारमा विहिबार विहान चितुवा मृत अवस्थामा फेला परेको हो।

स्थानीयले बिहान ८ बजे चितुवा मृत अवस्था भेटाएका थिए । स्थानीयले  खबर गरेपछि सव डिभिजन वन कार्यालय मेलौलीको टोलि घटनास्थ पुगेको  डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप यादवले  बताए । चितुवाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए ।

चितुवा आँफै मरेको हो वा केही अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको उनको  भनाई   छ। उनका अनुसार सव डिभिजन वन  मेलौलीको टोलीले मरेको चितुवालाई पोष्टमार्टमका लागि भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनमा पुर्याउँदै छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update