Sagun Khabar
जिल्ला प्रशासन बैतडीले माग्यो डिभिजन वनबाट अतिक्रमण गरी बनेका संरचनाको विवरण 
Atrya hospital

बैतडी- जिल्ला प्रशासन  कार्यालय बैतडीले जिल्लामा वन अतिक्रमण गरी  बनेका संरचनाको विवरण मागेको छ ।  डिविभजन वन कार्यालय बैतडीलाई परिपत्र गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा  सरकारी  तथा सार्वजनिक जग्गाहरुमा नियमविपरित निर्माण गरेका संरचना, एवं अतिक्रमण गरिएका जग्गाको विवरणको माग गरेको हो ।  

एक पत्र जारी गर्दै  प्रशासनले विवरण माग गरेको  हो । सरकारी जग्गा अतिक्रमण गरेर बनेका  संरचना भए नभएका विवरण साथै सरकारी तथा सार्वजनिक  जग्गा अतिक्रमण भएको भए सोको विवरण समेत पठाउन पत्रमा  भनिएको छ । जिल्लाका बिभिन्न ठाउँहरुमा वन तथा सार्बजनिक जमिन अतिक्रमण गरी घर टहरा बनेको पाइएपछि यसको पूर्ण विवरण माग गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माद्वारा हस्ताक्षरित पत्रमा यथाशिघ्र विवरण पठाउन भनिएको  छ । डिभिजन वन कार्यालय  बसै स्थानीयतहलाई  विवरण पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधकारी शर्माले बताए  । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update