Sagun Khabar
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो 

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीबाट मन्त्री बनेकाहरु मुख्यमन्त्री कमलबहादुर शाहबाट बर्खास्तमा परेपछि माओवादी केन्द्र सुदूरपश्चिमले आज (बुधबार) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । 

केन्द्रमा गठबन्धन भत्केर नयाँ समीकरण बनेपछि मंगलबार मुख्यमन्त्री शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाइ बर्खास्त गरेका थिए । त्यसपछि आज माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update