सुदूरपश्चि प्रदेशको एक पालिकाका महिला कर्मचारीबिच कुटाकुट भएको छ । बाजुराको बडिमालिका नगरपालिकामा पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको हो ।
यो घटना शुक्रवार घटेको बताइएको छ । स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रञ्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण उनिहरु बिच लफडा भएको बताइएको छ ।
कुटाकुटपछि सुर्यबंसी अस्पताल भर्ना छिन् । दुबैलाई चोट लागेकोमा सुर्यबंसी भने अस्पतालमा उपचाररत छिन । लफडाको विषयमा छानबिन हुने नगरपालिकाले जनाएको छ।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० १५:०१
प्रतिक्रिया दिनुहोस्