Sagun Khabar
राजेन्द्र महतोद्वारा लोसपा परित्याग

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्नुभएको छ ।

काठमाण्डौको राष्ट्रिय सभा गृहमा आज पत्रकार सम्मेलन गरेर उहाँले लोसपा परित्याग गरेको घोषणा गर्नुभएको हो । महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणासमेत गर्नुभएको छ ।

महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आउनुभएको थियो । उहाँले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताउनुभयो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update