Sagun Khabar
कैलालीमा एक महिला पाँच दिनदेखि सम्पर्कविहिन
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली- कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन् ।

गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन् । उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए । सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए । उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए ।

भारतमा रहेका सुनीताका श्रीमान भने उनी हराएपछि घर आएको विनोदले बताए । सुनिताका ४ छोराछोरी छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update