Sagun Khabar
केही इन्टरनेट कम्पनीहरूलाई टिकटक चलिरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोध्यो 

काठमाण्डौ – केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट भिडियो शेयरिङ एप टिकटक चलिरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

टिकटकको माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले प्रतिबन्ध लगाएकोमा केही सेवा प्रदायकहरूले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले आज सूचना निकालेर टिकटकमा कडाइ नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको वा टिकटक चलिरहेको भए इमेल गरी त्यस्तो इन्टरनेट सेवा प्रदायकको बारेमा जानकारी दिन पनि अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update