Sagun Khabar
कैलालीमा  लागूऔषधसहित ६ जना  पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

कैलालीको धनगढीबाट लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागूऔषधसहित कन्चनपुरको पुनर्वासनगरपालिका–१० भिमबस्ती बस्ने २३ वर्षीय नविन सुनारसहित चार जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यी चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित बझाङको दुर्गाथली गाउँपालिका–७ बस्ने १९ वर्षीय रोहित सिंहलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । रोहितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ११० मिलिग्राम लागूऔषधसहित डोटीको शिखर नगरपालिका–८ बस्ने २१ वर्षीय कबिर बलायरलाई पनि शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। बलायरलाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update