Sagun Khabar
धनगढीमा रहेको सव डिभिजन वन कार्यालयको ग्यारेजमा आगलागी

धनगढीमा रहेको सव डिभिजन वन कार्यालयको ग्यारेजमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका १४ फुलवारीमा रहेको सव डिभिजन वन कार्यालयको काठ र खरले बनेको गाडीको ग्यारेजमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रवार (आज) ग्यारेजमा आगलागी हुँदा ग्यारेज र ग्यारेज भित्र पार्किङ गरि राखेका दुई मोटरसाईकल जलेर अन्दाजी ३ लाख ३९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update