Sagun Khabar
भासु भीरमा द्धन्दकालमा राखेको एम्बुस विस्फोट हुँदा चार जना घाईते

कैलाली –भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ तिर द्धन्दकालीन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) बिष्फोट हुँदा चार जना घाईते भएका छन् । 

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुँदा चालकसहित चार जना घाईते भएका हुन् । घाइते हुनेमा जेसिबी चालक  कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

द्वन्दकालमा उक्त क्षेत्रमा तत्कालिन विद्रोही र नेपाली सेनाबीच भीषण लडार्इँ भएको थियो । बुधबार बिष्फोट भएको बिद्युतीय धराप पनि द्वन्दकालकै भएको अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update