Sagun Khabar
कैलालीको गोदावरीमा कान्जी हाउसभित्र गाईका कङ्काल फेला
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा निर्माण गरेको कान्जी हाउसमा गाईका कङ्काल फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ भल्कामा गौ–संरक्षणका लागि निर्माण गरिएको ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेका हुन् । 

स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जङ्गलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए । त्यहाँ खानापानी नपाएर, चिसो तथा विभिन्न रोगका कारण ती गाई मरेको हुनसक्ने अनुमान गरिएको छ । वडा नम्बर ९ का अध्यक्ष रामलाल रानाले लक्ष्मी सामुदायिक वनमा गाई मरेका फेला परेका बताए ।

उनका अनुसार बालीनाली सखाप पार्न थालेपछि स्थानीय आफैँले छाडा चौपायालाई उक्त स्थानमा लगेर थुन्ने गरेका थिए । स्थानीय सरकारले छाडा चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन् । तर, गोदावरी नगरपालिकाले सामुदायिक वनले निर्माण गरेको कान्जी हाउसमा कुनै लगानी नगरको वडाध्यक्ष रानाले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update