Sagun Khabar
शिक्षकको भाइको कुटाइबाट विद्यार्थी अस्पताल भर्ना
स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षकका भाइले एक विद्यार्थीलाई कुटेका छन्।  कैलालीको धनगढीमा  शिक्षकका भाईको कुटपिटबाट ती विद्यार्थी घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टका भाइको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन्।

बाटोमा हिँडिरहेका बेला भाइलाई निर्घात कुटपिट गरिएको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन्।सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटेको उनको आरोप छ। कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ।

उनको खुट्टा र छातीमा चोट लागेको छ। यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक नभएको बताए।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update