Sagun Khabar
दार्चुलामा ढुंगा लागेर एकजनाको मृत्यु 
Atrya hospital

दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update