Sagun Khabar
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

धनगढी- राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ। सोमबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। उक्त विधेयक बहुमतले पारित भएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन्।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update