Sagun Khabar
सुदूरपश्चिम सरकारद्वारा एक वर्षमा ९ पुल निर्माण

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले एक वर्षको अवधिमा ९ वटा पुल निर्माण गरेको जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षे उपलब्धि सार्वजनिक गर्दै ९ वटा पुल निर्माण गरेकोे जनाएको हो । भौतिक पूर्वाधार मन्त्रीमा प्रकाश देउवा नियुक्त भएयताको प्रगति विवरणमा ९ ओटा पुल निर्माण गरेको उल्लेख छ । मन्त्रालयले एक वर्षको अवधिमा १सय ८ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको छ ।

यस्तै एक वर्षमा १सय २३ किलोमिटर सडकमा माटो भरान गरिएको, १८५.९० किलोमिटर सडकमा ग्रावेल गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । मन्त्रालयले खानेपानी तथा सरसफाइका क्षेत्रमा गरेका कामको विवरण पनि सार्वजनिक गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

जसमा ५२० इन्टेक निर्माण गरिएको, ५६३ पानी पोखरी निर्माण गरिएको, २ हजार ५०५ किलोमिटर पाइपलाई जडान गरिएको, ८२ हजार ७०२ जनालाई आधारभूत स्तरको खानेपानी सेवा विस्तार गरेको र १८ हजार ६ सय जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराएको उल्लेख छ ।

मन्त्रालयले एक वर्षको अवधिमा ९१ करोड ६१ लाख राजश्व संकलन गरेको जनाएको छ । मन्त्रालय अन्तरगत रहेका यातायात कार्यालयमा ७ हजार ६३९ दुई पाङ्गे्र, ८९७ तिन पाङ्ग्रे, ७२७ चार पाङ्ग्रे सवारी साधन दर्ता र २० हजार ९५ चालक अनुमति पत्र वितरण गरिएको उल्लेख छ । मन्त्रालयले एक वर्षको अवधिमा ३ वटा आयोजना शिलान्यास गरेको जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update