Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा भोली सार्वजनिक बिदा 
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले शुक्रबार (भोली ) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा साउन ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । नगरपालिकाले उक्त दिनलाई शैल्यशिखर दिवसका रुपमा मनाउने गरी विदा दिने भएको हो । 

साथै नगरपालिकाले जात्रामा भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पालना सहित सहभागी हुन पनि सबैमा आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update