Sagun Khabar
नेपालमा कोरोना भाइरसको तेश्रो लहर आउन सक्ने चेतावनी

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर सङ्क्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको हो । सरकारी, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल गरिरहँदा पनि सङ्क्रमणको दर जति घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले पछिल्लो हप्तादेखि सङ्क्रमित थपिने क्रम बढिरहेकोले चिन्ता थपिएको जनाएको छ । 

Atrya hospital

मोरङ, सुनसरी, झापा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी १० जिल्लामा पाँच सयभन्दा धेरैका दरले तथा २६ जिल्लामा दुई सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 

सङ्क्रमण बढिरहेको तर निषेधाज्ञा खुकुलो भएको मौकामा बुझेर या नबुझेर लुकिछिपी स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्ने क्रम बढेको भन्दै मन्त्रालयले सङ्घ, प्रदेश, पालिका र सबै नागरिकलाई जिम्मेवार बन्न र मापदण्ड पालना गर्न/गराउन अनुरोध गरेको छ ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update