Sagun Khabar
प्रणय दिवसको अवसरमा धनगढीमा प्रेमपत्र प्रतियोगिता हुँदै

धनगढी- धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ। फागुन २ गतेका दिन भ्यालेन्टाइन दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको हो।

मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो। आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ। प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ। प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ। आयोजकले [email protected] अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिनेछ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update