Sagun Khabar
केदार आधारभूत विद्यालयको ३३ औँ  बार्षिकोत्सव सम्पन्न

बैतडी-  बैतडीको दशरथचन्द नगरपालिका १ स्थित श्री केदार आधारभूत विद्यालयको ३३ औँ  बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  डम्मर राज भट्टको  अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिका वडा न.१ का वडा अध्यक्ष बिष्ण दत्त भट्ट प्रमुख अतिथी रहेका थिए ।

समारोहमा मणिलेक माबि गुरुखोलाका प्रधानाध्यापक केशब दत्त भट्ट बिशिष्ट अतिथी रहेका थिए । यस्तै बिशिष्ट अतिथीमा बिष्णदत्त भट्ट र देब सिह ऐर पनि रहेका थिए । समारोहमा विद्यालयका प्रधानाध्यापक गोपाल दत्त भट्टले ७६ लाख ९६ हजार ६ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । विद्यालयको मुद्दती खातामा ३ लाख ८४ हजार दुई सय ७६ रुपैया जमा रहेको समेत प्रधानाध्यापक भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

Atrya hospital

बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । कक्षा आठ सम्म पढाई हुने विद्यालयमा १ सय ४७ विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । 
बिद्यालय क्षेत्र भित्र घेरबार र  खानेपानिको समस्या रहेकाले उक्त समस्या समाधानका लागी पहल गरिदिन विद्यालयका प्रधानाध्यापक गोपाल दत्त भट्टले  बताए ।

बार्षिकोत्सव समारोहमा बोल्दै दशरथचन्द नगरपालिका वडा न.१ वडा अध्यक्ष बिष्ण दत्त भट्टले अहिलेको समयमा खस्कीरहेको शैक्षिक गुणस्तरलाई सबैले ध्यान दिइ विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सबैले लाग्नुपर्ने बताए । यस्तै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावक सबैले ध्यान दिनुपर्ने मणिलेक माबि गुरुखोलाका प्रधानाध्यापक केशब दत्त भट्टले बताए । 

गरिब तथा जेहेनदार बिद्यार्थीहरुका लागी श्री केदार आधारभुत बिद्यालयमा निवर्तमान वडा अध्यक्ष भुवन राज भट्ट अक्षयकोष,गोबिन्द गोमती उच्च शिक्षा पहुँच अक्षय कोष, केदार शैक्षिक सुधार अक्षया कोष, र लोकेन्द्र भाट स्मृती अक्षय कोष समेत स्थापना गरिएको छ ।बार्षिकोत्सव समारोहमा केदार आधारभुत बिद्यालयको सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक गोपाल दत्त भट्टले बताए । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update