Sagun Khabar
दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषण 

दार्चुला –दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । जिल्लामा ६ महिना देखि ५९ महिनासम्मका १ हजार ३२९ बालबालिकामा कडा र ३ हजार ८७६ बालबालिकामा मध्यम खालको गरी ५ हजार २०५ जनामा कुपोषण देखिएको हो । 

जिल्लाको महाकाली नगरपालिकामा रहेका १ हजार ७१४ जना बालबालिकामध्ये ६ सय ८४ जनामा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

Atrya hospital

यस्तै  शैल्यशिखर नगरपालिकाका २ हजार १२० जना बालबालिकामध्ये ८४६ जना, अपि हिमाल गाउँपालिकाका ६८० बालबालिकामध्ये २७१, मार्मा गाउँपालिकाका १ हजार ७२९ बालबालिकामध्ये ६९०, नौगाड गाउँपालिकाका २ हजार ५२ बालबालिकामध्ये ८१८ कुपोषण देखिएको छ । 

यस्तै मालिकार्जुन गाउँपालिकाका १ हजार ४४१ बालबालिकामध्ये ५७१, लेकम गाउँपालिकाका १ हजार ४०९ बालबालिकामध्ये ५६२, दुहुँ गाउँपालिकाका १ हजार बालबालिकामध्ये ३९९ र व्यासँ गाउँपालिकाका ९०३ बालबालिकामध्ये ३६० जनामा कुपोषण देखिएको छ ।

हाल ४८ जना कुपोषित बालबालिकाको उपचार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update