Sagun Khabar
समयमा बक्यौता रकम बुझाउन विद्युत प्राधिकरण बैतडी केन्द्रको आग्रह

बैतडी – नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले समयमै बक्यौता रकम बुझाउनको लागी ग्राहकहरुलाइ आग्रह गरेको छ  । मिटर रिडिङ्ग भएको साठी दिनसम्म बिद्युत महसुल नतिरेमा ग्राहकको लाईन  काटिने नेपाल  विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । लामो समयसम्म विद्युत महसुल नतिरेका ग्राहकहरुको लाइन काट्ने काम शुरु भएको विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । 

यस अघि पनि समयमा महसुल नबुझाउने विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।   केहि समय पहिले बैतडीमा सरकारि कार्यालयसहित निजी ग्राहकको विद्युत् लाइन काटिएपछि रकम भुक्तान गरी ती कार्यालयले पुनः विद्युत् लाइन जोडेको वितरण केन्द्रका प्रमुख पौडेलले बताए । 

Atrya hospital

दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको नीति रहेको भएपनि बैतडीमा एक बर्षसम्म समेत महसुल नतिर्ने ग्राहक रहेका बताइएको छ । वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने सरकारी र निजी क्षेत्रका विद्युत् लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ । 

विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update