Sagun Khabar
दार्चुलाको लेकममा मोबाइल सेवा अवरुद्ध 
Atrya hospital

दार्चुला –दार्चुलाको लेकममा टेलिफोन सेवा अवरुद्ध हुँदा समस्या भएको छ । लगातारको बर्षाका कारण नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको हो । टावरमा जडान गरिएका मेसिन सोलारबाट सञ्चालन हुने र लगातारको बर्षाले सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । 

मोबाइलमा कुराकानी गर्दागर्दै एक मिनेटै काटिने गरेको लेकममा अध्ययनरत विद्यार्थी चन्द्रावती ठगुन्नाले जानकारी दिइन् । मोबाइलमा कुराकानी गर्दागर्दै बीचमै फोन काटिने समस्याले हैरान भएको उनले बताइन् । उनले भनिन् ‘फोन गर्दागर्दै एक मिनटेकै काटिन्छ । टावर आउने जाने भईरहेको छ । यसले गर्दा धेरै समस्या भएको छ ।’

मोबाइल सेवा अवरुद्ध हुँदा विद्यार्थीहरुलाई पनि समस्या हुने गरेको छ । कतिपयको अनलाइन कक्षा भएपनि सहभागी हुन पाएका छैनन् । मोबाइल सेवा अवरुद्ध हुँदा लेकम क्षेत्रका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका स्थानीयहरुले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update