Sagun Khabar
पञ्चेश्वर परियोजना एक महिना भित्र अघि बढ्छः परराष्ट्रमन्त्री एनपी साउँद

बैतडी- करिब ३० वर्ष देखि चर्चामा रहेको पञ्चेश्वर परियोजना  एक महिना भित्र अघि बढ्ने गरी काम भइरहेको परराष्ट्रमन्त्री एनपी साउँदले बताउनु भएको छ । 

आज (शुक्रवार) प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउँदले यस्तो बताउनु भएको हो । 

Atrya hospital

नेपाल र भारतका प्रधानमन्त्रीको तीन महिना भित्र डिपिआर टुगयाउँने छलफल भए बमोजिम एक महिना भित्र प्राविधिक टिमलाई उक्त काम सम्पन्न गरी प्रक्रिया अगाडी बढाउने काममा सरकार लागेको मन्त्री साउँदले बताउनु भएको हो । 

पञ्चेश्वर परियोजना निमार्ण हुन सके यसको फाइदा समग्र सुदूरपश्चिम मात्र नभई देशले नै लिने भएकाले  यस बाहेक पश्चिम सेती, अपर कर्णाली र अरुण थर्ड जस्ता देशका अन्य क्षेत्रमा पनि बिद्युत् उत्पादनको काम अघि बढ्ने भएकाले एकातिर अर्थतन्त्रमा सुधार र अर्को तर्फ देश छोडेर विदेश जानेहरूको चाप घट्ने उहाँले बताउनु भयो । 

सुदूरपश्चिमको बैतडी र भारतको सीमा भएर बहने महाकाली नदीमा परियोजना निमार्ण गर्ने पटक–पटक सहमति हुँदै आएपनि दुई देश विचको सहमति हुन नसक्दा परियोजना लागु हुन सकेको थिएन । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update