Sagun Khabar
बैतडीको हतास गाउँका घरघरमा धारा, फेरियो स्थानीयको दिनचर्या 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा न. १० स्थित हतासबासीको दिनचर्या अचेल फेरिएको छ । एकाबिहानै पानीका लागि दौडिने स्थानीयहरु अहिले घरघरमा धारा पुगेपछि खुसी भएका छन् । खानेपानीका लागि उज्यालो नहुँदै उठेर टाढाको मूहानमा पानी भर्न जाने हतासका स्थानीयहरु अहिले खुसी भएका स्थानीय तुलसी महराले बताइन् । उनले भने ‘घरघरमा धारा निर्माण भएपछि अचेल सजिलो भएको छ । बिहानै उठेर पानीका लागि भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

हतास गाउँका ५० ओटा घरमा धारा निर्माण भएका छन् । खानेपानीको सहज पहुँच भएपछि स्थानीयहरुलाई निकै सहज भएको छ । काठमाडौ ईन्भाइरोमेण्ट एजुकेसन प्रोजेक्ट नामक संस्थाले हतास टोलका ५० वटा घरमा पानीका धारा निर्माण गरेको हो । पानीको अभाव भएका ठाउँका घरघरमा पानीका धारा सञ्चालनमा आएपछि स्थानीयहरुको दैनिकी फेरिएको छ । 

Atrya hospital

गाउँमा पानी पुगेपछि खानेपानीको सुविधामात्रै नभएर बारीमा तरकारी लगाउन समेत सजिलो भएको स्थानीय निर्मला भट्टले बताइन् । उनले भने ‘गाउँमा खानेपानीका धारा निर्माण भएपछि निकै सजिलो भएको छ । करेसाबारीमा तरकारी फलाउन समेत सहज भएको छ ।’

हतास गाउँमा पानी पुगेपछि स्थानीयबासीहरु खुसी भएका खानेपानी निर्माण समितिका अध्यक्ष तीर्थराज भट्टले बताए । स्थानीयहरु र सहयोगी संस्था मिलेर गाउँमा खानेपानी पुर्याइएको उनले बताए । हतास टोलमा रहेको पानीको समस्या हटाउनु धेरै प्रयास गरेको र अहिले केहि राहात महसुस भएको हतास खानेपानि निमार्ण समितिका अध्यक्ष भट्टले बताए । साझेदार संस्थाको २० लाखको लागतमा खानेपानी योजना निर्माण भएको उनले बताए । 

काठमाडौ ईन्भाइरोमेण्ट एजुकेसन प्रोजेक्ट सस्थाले समस्या भएका विभिन्न ठाउँमा खानेपानी पुर्याउनुका साथै अन्य कामहरु पनि गरिरहेको संस्थाका प्रबन्धक तारा दत्त जोशीले बताए । 

पाटन नगरपलिका वडा न १० स्थित श्री ब्रह्म आधारभुत बिद्यालयको ५ कोठे पक्की भवन र छात्रछात्रामैत्री शौचालय समेत निर्माण गरेको छ । बिद्यालयमा भौतिक संरचनाको अभाव रहेका बेला नयाँ भवन निमार्ण गरि सहयोग गर्दा बिद्यालयमा पठनपाठनमा समेत सहज भएको ब्रह्म आधारभुत बिद्यालयका प्रद्यानाध्यापक शान्ति पन्तले बताईन् । 

सामुदायिक बिकास कार्यक्रम अन्तर्गत सुदूरका ग्रामीण क्षेत्रका शैक्षिक पुर्वाधार विकास निर्माणमा संस्थाले सहयोग गर्दै आएको छ ।  यो संस्थाले बैतडीको सिगास गाउँपालिका वडा न.१ स्थित भूमीराज आधारभुत विद्यालय बेसराको भवन निर्माण गरेको छ भने बेसरा गाउँका ४० घरधुरीमा खानेपानी पुर्याएको छ । यस्तै सिगासकै वडा न.२ गाँजरी धुरास्थित कैलपाल आधारभुत विद्यालयको तीन कोठे भवन र ७० घरधुरीमा खानेपानी पुर्याएको संस्थाका प्रबन्धक जोशीले बताए । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update